सिन्धुपाल्चोकमा माओवादीका तीन ‘स’ को जित

20.7k Shares

सिन्धुपाल्चोक, ८ मंसिर । सिन्धुपाल्चोकमा माओवादी भित्र तीन ‘स’ को नामबाट परिचित माधव सापकोटा ‘सुवोध’,सरल सहयात्री र युवराज दुलाल ‘सरद’ तीनै जनाले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाजी मारेका छन् ।

जनमूक्ति सेना पृष्ठभूमिबाट माओवादी राजनीतिमा उदाएका यी तीनै नेता एकै पटक संसदीय राजनीतिमा प्रवेश गरेका छन् । युवराज दुलाल दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् भने माधव सापकोटा र सरल सहयात्री पहिलो पटक संसदमा पुगेका हुन् ।

माओवादी युद्धकालमा उनीहरु पार्टीभित्र तीन ‘स’ ले परिचित थिए। पार्टी शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएपछि तीन ‘स’ मित्रता झन् घनिभूत हुन थाल्यो। तीन जना सुवोध, सरल र शरदको छोटकारी रुप तीन ‘स’ उपनामले उनीहरु चिनिए । उनीहरु आफ्नो वास्तविक नामभन्दा पनि सुवोध, सरल र शरदले जिल्लामा चिनिन्छन्। उनीहरु तिनै जना उमेरले भर्खर ४० पुगेका माओवादीका युवा नेता हुन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँग निकट सम्बन्ध राख्ने तीन नेता मध्ये दुलाल दाहालको अंगरक्षक भएर लामो समय दाहाल सँगै थिए । माओवादी अध्यक्ष दाहालका छोरा प्रकाश दाहाल सहित सरद र सरलले सगरमाथाको आरोहण समेत गरेका थिए ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा ३० हजार ३७४ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दे उनी निर्वाचित भएका हुन् ।

नेपालले २७ हजार १८ मत ल्याएका थिए । २०७४ को प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ प्रदेश सभा –२ बाट प्रदेश सभामा निर्वाचित भएका एमाले नेता

सम्बन्धित समाचार