17.5k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ९० पुगेको छ ।
आज देशभर ४ हजार ७४७ जना होम आइसोलेसनमा र २२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ८३ जना आईसीयु तथा १९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।