सुपरकम्प्युटरको प्रक्षेपण– पोर्चुगललाई हराउँदै अर्जेन्टिनाले जित्छ विश्वकप

16.8k Shares

एक सुपरकम्प्युटरले कतारमा हुन गइरहेको फिफा विश्वकप फुटबल अर्जेन्टिनाले जित्ने प्रक्षेपण गरेको छ । बीसीए रिसर्चको सिद्धान्तमा आधारित उक्त सुपरकम्प्युटरले विश्वकपको फाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराउने प्रक्षेपण गरेको हो ।
यो प्रक्षेपण ईए स्पोर्टस् फिफा २०२३ गेममा आधारित खेलाडीको विवरणको आधारमा गरिएको हो । यसमा पछिल्लो चार विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको तथ्यांक पनि समावेश गरिएको थियो । कतारमा हुने फिफा विश्वकप नोभेम्बर २० देखि सुरु हुँदै छ। यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।
अर्जेन्टिना विश्वकपको समूह सीमा छ। यो समूहमा अर्जेन्टिनासँगै पोल्याण्ड, मेक्सिको र साउदी अरेबिया पनि छन् । पोर्चुगल समूह एचमा छ। यो समूहमा उरुग्वे, घाना र दक्षिण कोरिया छन् ।

सम्बन्धित समाचार