ललितपुर । खेलकुद क्षेत्रका हस्तीका रुपमा परिचित नेपाली कांग्रेसका प्रभावशाली लोकप्रिय युवा नेता मीन कृष्ण महर्जनले ललितपुरको विभिन्न स्कुलद र क्लवहरुलाई खेलकुद सामाग्री वितरण गर्दै आइरहेका छन् ।

यस्तै खेलकुद सामाग्री वितरण गर्ने क्रममा नेपाली कांग्रेसका प्रभावशाली लोकप्रिय युवा नेता तथा राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्षसमेत रहेका महर्जनले दक्षिणी ललितपुरको वागमती गाउँपालिका वडा नं ३ स्थित सातकन्या आधारभूत विद्यालयलाई खेलकुद सामाग्री बितरण गरेका हुन् ।
ललितपुर जिल्ला खेलकुद बिकास समिती अध्यक्ष तथा किकबक्सिङ खेलका पुर्ब राष्ट्रिय च्याम्पियन बिनोद महर्जनद्वारा उपलब्ध गराएको खेलकुद सामाग्रीहरु मीन कृष्णले वितरण गरेका हुन् ।

खेलकुद सामाग्री उपलब्ध गराएका बिनोद नेता मीनकृष्ण महर्जनका चेलासमेत हुन् । बिनोदले ललितपुर जिल्ला खेलकुद मार्फत् क्यारिम बोर्ड ५ थान, फुटबल १० वटा, भलिबल १० वटा, ब्याटमिन्टन ब्याट ६ सेट लगायत झण्डै १ लाखभन्दा माथिको खेलकुद सामाग्री उपलब्ध गराएका थिए ।
नेता महर्जनले सो खेलकुद सामाग्री वितरण गर्ने क्रममा आफ्नो मन्तब्य दिँदै भने ‘बिद्यालय पढाईका साथै खेलकुद पनि आवश्यकता रहेको, खेलकुदले शरीर स्वस्थ बनाउनुका साथै दिमाग फ्रेस बनाउने र त्यसले गर्दा पढाईमा ध्यान जाने भएकाले बिद्यालय खेलकुद आवश्यकता भएकै कारण खेलकुद सामाग्री उपलब्ध गराएको जानकारी गराएको बताएका थिए ।’

खेलकुद सामाग्री वितरण कार्यक्रममा ललितपुर जिल्ला खेलकुद बिकास अध्यक्ष बिनोद महर्जन नेपाली कांग्रेस युवानेता बिष्णु तिमल्सिना, जिल्ला समन्वय समिती सदस्य दिनेश घोरासाईने, वडा अध्यक्ष नबराज खड्का, ने.बि.संघ नेता राज लामा, श्याम लामालगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रम मा समाजसेवी गोकुल देशारले बिपन्न एक परिवारलाई १० हजार रुपैयाँसमेत बितरण गरेका थिए । सातकन्या स्कुल संचालक समिती अध्यक्ष गोबिन्द दाहालको सभापतित्व खेलकुद सामाग्री वितरण कार्यक्रम सप्पन्न गरिएको थियो ।