लोकतन्त्रको डुंगामा प्वाल पार्ने प्रयास भयो : डा. भट्टराई

21.5k Shares

काठमाडौं, ५  असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मौका पाउनासाथ लोकतन्त्रको डुंगालाई सबैले प्वाल पार्ने प्रयास गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. बाबुराम भट्टराईले डा. भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक भएको बताएका हुन् ।

“राष्ट्रपतिले संसदबाट २/२ पटक पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीस महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्, सबै जिम्मेवार बनौं,” डा. भट्टराईले ट्विट गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो । तर, उनले प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार