एकल महिलालाई बलात्कार गर्ने माल्टाका तामाङ पक्राउ

16.6k Shares

ललितपुर । ललितपुरको दक्षिणी भेग बागमती गाउँ पालिका वडा नं. २ ढुंण्डेपानी माल्टा निवासी एकल महिलालाई सोही स्थान बस्ने दिनेस जिम्मा तामाङलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती एकल महिलालाई पटक—पटक बलात्कार गर्ने गरेको पीडितका परिवारले बताएको छ । विगतमा तामाङले ती एकल महिलालाई दुई पटक बलात्कार गरेपनि इज्ज्तको डरले कसैलाई पनि नभनी गुपचुप राखेकी थिइन् । तर, आज सोमबार दिउँसा पनि बलात्कार गरेपछि परिवारलाई ती पीडित एकल महिलाले जानकारी गराएपछि छोराले प्रहरीलाई सो घटनाको बारे जानकारी गराएपछि भट्टेडाँडा प्रहरीले तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त चापागाउँमा पठाएको छ । पीडितले बलात्कारी तामाङ विरुद्ध भोलि जाहेरी दिने जानकारी गराएका छन् ।
अहिले बलात्कारी तामाङलाई छुटाउन जनप्रतिनिधिहरुले प्रहरीलाई दवाव दिइरहेको बुझिएको छ । 

सम्बन्धित समाचार