निर्माण ढिलो गर्ने चिनिया“ कम्पनीलाई सिद्धबाबाको ठेक्का

20.2k Shares

काठमाडौं । देशको राजनीतिक यति बिग्रिएको छ कि काम नगर्नेहरु मात्र नभई बिगार्नेहरु धमाधम पुरस्कृत भइसकेका छन् । काम गर्नेहरु पेलिने र हेपिने वातावरण विकास हुँदा समस्याहरु विकराल बन्दै गएका छन् । 

पछिल्लो समय निर्माण क्षेत्रमा पनि बेथितीको पराकाष्ठ नाघेको छ । देशको दुईवटा महत्वपूर्ण आयोजनाहरु ढिलो गर्ने र बिगार्ने चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले फेरि नयाँ ठेक्का पाएको छ । बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको ठेक्का उक्त कम्पनीले पाएको हो । आइतबार सार्वजनिक सूचनामा चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा ठेक्का लिने आवेदन सबैभन्दा कम रकम भएपछि सार्वजनिक खरिद नियमावली अनुसार पाएको उल्लेख छ । 

चाइना स्टेटले योजनावद्ध तरिकाले कम मूल्यमा निर्माण सम्पन्न गर्ने आवेदन हालेर ठेक्का त पायो तर उसको समयावधि लम्ब्याएर लागत बढाउने पूर्व तयारी छँदैछ । अर्कोतर्फ, आयोजनामा अड्चनहरु ल्याएर समस्या ल्याउने तयारी पनि हुने गरेको छ । चाइना स्टेटले फाष्ट ट्रयाक र नारायणगढ–बुटवल सडकखण्डमा अपनाइसकेको छ । दुवै आयोजनामा चाइना स्टेटले लिएको ठेक्का समयमा नसकिने निश्चित नै छ । उसले लागत बढाउने गरी पूर्वतयारी गरिसकेको छ । सिद्धबाबाको सुरुङमार्ग ५ वर्षमा सक्नुपर्ने उल्लेख छ । तर, चाइना स्टेटको काम गर्ने शैलीले १० वर्षभित्र पूरा हुनेमा पनि आशंका छ । 

चाइना स्टेटले गौरवशाली आयोजना तराई÷मधेश फाष्ट ट्रयाकको ठेक्का पाउँदा विवाद भएको थियो । उसले बुटवल–नारायणगढ सडकको निर्माण ढिलाई गर्दा पश्चिम नेपालका जनताले सास्ती भोगिरहेका छन् । निर्माण पूरा गरिसक्नुपर्ने समयमा आधा पनि काम पूरा भएको छैन । २०७४ वैशाखमा नेपाली सेनालाई फाष्ट ट्रयाक आयोजनाका लागि जिम्मेवारी हस्तान्तरण गरिएको थियो । गत वर्ष जेठमा ठेक्का दिइएको थियो । तर, काम नगरेपछि निर्माण कम्पनीहरुलाई सेनाले २२ दिन निलम्बन नै गर्नुपरेको थियो । निर्माण कम्पनीको टोली नेता फेरिए मात्र । कामले भने गति लिएको छैन । 

परामर्शदाता कम्पनी छनोट नै विवादमा परेको थियो । सेनाले कोरियाली कम्पनीलाई जिम्मेवारी दिएको थियो । उक्त कम्पनी पनि विगतमा कालो सूचीमा परेको इतिहास छ । त्यसमाथि विवादमा परेको चिनियाँ कम्पनी ठेक्का पाउनेमा परेको छ । साँढे ३ वर्षमा पूरा गर्ने गरी २०७८ मा नेपाली सेनाले चिनियाँ कम्पनीहरु चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चयाङ्दासँग ठेक्का सम्झौता गरेको थियो । ५० अर्बमाथिको ठेक्का विवादमा परेका चिनियाँ कम्पनीलाई दिँदा लेखा समितिले प्रश्न उठाएर ठेक्का रद्ध गरी प्रक्रिया नयाँ सुरु गर्न समेत निर्देशन दिएको थियो । तर, रक्षा मन्त्रालय र सेना पछाडि हट्न मानेन । ठेक्काको काम त अगाडि बढ्यो तर दुवै चिनियाँ कम्पनीको काम सुस्त हुँदा ठेक्का अवधि र लागत दुवै बढ्ने देखिइसकेको छ । 

फाष्ट ट्रयाकको ११ वटा प्याकेज छ । ६ र ७ नम्बरको प्याकेज टुंग्याउन सेना लागेको छ । ८, ९ र १० नम्बरको प्याकेज ठेक्काको प्रक्रिया नै बढाइएको छैन । सबैभन्दा जटिल ११ नम्बरको प्याकेज हुने देखिएको छ । पुरातात्विक महत्वको खोकनामा पर्छ यो प्याकेज । जहाँ जग्गा प्राप्तिमा निकै विवाद छ । फाष्ट ट्रयाक कतै मेलम्ची जस्तै २०औं वर्ष धकेलिने त होइन ? आशंकाहरु बढ्न थालेका छन् । चाइना स्टेट कम्पनीले यस्तै गतिविधि देखाउन थालिसकेको छ । निर्माण कम्पनि निर्माणमा भन्दा कसरी समय बढाएर लागत बढाउनेमा लागिसकेको छ । बीमा प्रक्रिया नै अल्झाउने गरी बढ्यो । विना बिमा काम नबढ्ने तर चिनियाँ ठेकेदार कम्पनी चिनियाँ या नेपालकै निजी कम्पनीसँग बिमा गरेर आफ्नो स्वार्थ पूरा गर्न तर्फ लाग्यो । ठेकेदारको स्वार्थसामु सेनाका फाष्ट ट्रयाकका योजना प्रमुख विकास पोखरेल पनि निरिह देखिए । उनको नेतृत्वमाथि नै प्रश्नहरु उठिरहेका छन् । बुटवल–नारायणगढ सडक खण्ड निर्माण ३५ महिना बितिसक्दा १९ प्रतिशत पनि पूरा नगर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेटलाई फाष्ट ट्रयाक दिनुले नै आशंकाहरु जन्माएका थिए । जसले देखादेख काम सुस्त गरिरहेको छ उसैलाई गत वर्ष २० अर्ब माथिको फाष्ट ट्रयाकको ठेक्का हात परेको थियो । पाँच वर्षमा पनि काम पूरा हुने छाँटकाँट छैन । 

बुटवल–नारायणगढ सडकको काम नै फितलो र ढिलो हुँदा यही गतिमा बढेमा ५ वर्षमा पनि सडक निर्माण पूरा हुन नसक्ने देखिइसकेको छ । १९ डिसेम्बर २०१८ मा निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर भएको थियो । चिनियाँ ठेकेदार कम्पनीले ७ फेब्रुअरी सन् २०१९ मा काम सुरु ग¥यो । विभिन्न बहानामा काम ढिलो भइरहेको छ । १२ मध्ये ११ वटामात्र ठूला पुलको काम भइरहेका छन् । २२ मध्ये १५ साना पुलको काम भइरहेको छ । आयोजनामा कुल ४३ पुल छन् जसमध्ये ३९ साना र ४६२ कलभर्ट पनि छन् । यो सडक १६ अर्ब ९९ करोडमा निर्माण पूरा गर्ने सम्झौता भएको हो । यसमा पनि लागत बढाउने गरी गतिविधि हुन थालिसकेको छ । चाइना स्टेट कम्पनीका कामहरु यसैगरी ढिलो र विवादमा परेका छन् । ल्याउनुपर्ने सामाग्री समयमा ल्याउन सकेका छैनन् । गौरवशाली आयोजनाको काम गलत ठेकेदारका कारण गौरवशाली सेनालाई नै विवादमा पार्दै लगेको छ । यही कम्पनीलाई सिद्धबाबाको सुरुङ्गमार्गको ठेक्का दिँदा विवाद आउन थालिसकेको छ । 

सम्बन्धित समाचार