अप्रिलमा १ लाख ११ हजार भित्रिए विदेशी पर्यटक

14.9k Shares

काठमाडौँ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा पछिल्लो वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो । 

यस्तो आगमन प्रि–कोभिड (सन् २०१९)को तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल भित्रिएका थिए ।  योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ । 

कुन देशबाट कति भित्रिए 
नेपाल पर्यटन बोर्डकाअनुसार अप्रिल महिनामा भित्रिएको कूल पर्यटक मध्ये ३० हजार १५८ जना भित्रिएका छन् । यो कूल संख्याको २७।०७७ प्रतिशत हो ।  यसैगरी संयुक्तराज्य अमेरिकाबाट यसै अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् । 

अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा यसै अवधिमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ । 

सम्बन्धित समाचार