ललितपुर खेलकुद विकास समितिमा महर्जनले नेतृत्व गरेपछि खेलकुदमय बन्दै

21.6k Shares

ललितपुर । ललितपुर खेलकुद विकास समितिमा खेलकुद पृष्ठभूमिका विनोद महर्जनले अध्यक्षता गरेपछि ललितपुर जिल्ला खेलकुदमय बन्दै गएको छ ।
ललितपुर खेलकुद विकास समितिले महर्जनको नेतृत्व पाएपछि कछुवा गतिमा रहेको खेलकुद अहिले तिव्र गतिमा अगाडि बढिरहेको छ ।
अध्यक्ष महर्जनले जिल्ला खेलकुदको नेतृत्व सम्होलेपछि खेलकुदका धेरै
प्रतियोगिताहरु गर्नुका साथै बृहत जिल्ला खेलकुद आयोजना गर्ने भएका छन् । अध्यक्ष महर्जनले ललितपुर जिल्लाभरी छरिएर बसेका र निष्क्रिय बनेका खेलाडीलाई पुनः सक्रिय बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको खोजतलासलाई जानकारी गराएका छन् ।
महर्जनले कराते, तेक्वान्दो, उसु, बक्सिङ, किकबक्सिङ, फुटबल, भलिबल, टेबुलटेनिस, फुलकन्ट्याक्ट, एथलेटिक्स, क्रीकेट, र ब्याडमिन्टन गरी १२ वटा खेल संचालन गर्न लागिएको बताएका हुन् । कांग्रेसको कोटाबाट जिल्ला अध्यक्ष नियुक्त भएका महर्जन किक बक्सिङका पुर्व राष्ट्रिय च्याम्पियन पनि हुन् ।
महर्जन नेपाली कांग्रेस प्रभावशाली युवानेता तथा राष्ट्रिय खेलकुद खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष खेलकुदलाई कसरी विकास गर्न सकिन्छ भन्ने चिन्तन गरिरहने र खेलकुद क्षेत्रलाई नजिकबाट नियालिरहेका मीनकृष्ण महर्जनका विश्वासिला चेला पनि हुन् ।

सम्बन्धित समाचार