16.4k
Shares
गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर जाँदै
काठमाडौं, असार २१ । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान रामेछापको सुनापति गाउँपालिका–५, लुभुघाटमा बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङका अनुसार ९ जनाको मृत्यु भएको छ भने घाइते २२ जनालाई उपचारका धुलिखेल अस्पताल पठाइएको छ ।
गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं पुर्याउन हेलिकोप्टर मगाइएको डीएसपी थिङले बताए ।