सुनको मूल्य घट्यो

16.6k Shares

काठमाडौं,  १६ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार