पूर्वराजा वीरेन्द्र चढ्ने जहाज सडकमा गुडाउँदै नारायणहिटीमा

16k Shares

काठमाडौं ।  शनिबार बेलुकी काठमाण्डौको सडकमा अनौठो दृश्य देखियो । 
आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे । 
पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो । 
त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।
राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो । 
यो जहाजमा तत्कालीन शाही नेपाली सेनाको यो जहाजमा पूर्व राजा वीरेन्द्र र राज परिवारका अरु सदस्य चढ्ने गर्थे । जहाज लामो समयदेखि त्रिभुवन विमानस्थलमा राखिएको थियो । -रासस

सम्बन्धित समाचार