छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

8.5k Shares

काठमाडौं, १६ जेठ । काठमाडौं, नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको ईभि माइक्रोबाट खसेर माइक्रोमा सवार नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको शुक्रबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित सडकमा सल्लिबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे. १ ह ९९३० नम्बरको अटो र भे.१० प ८३८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बनगाड कुपिण्डे नगरपालिका-५ बस्ने २१ वर्षीय नबिन रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो
। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित सडकमा नारायण चोकबाट कटहरीयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०२१ प ०९९० नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार कटहरीया नगरपालिका-५ बलिरामपुर टोल बस्ने २५ वर्षीयारन्जना कुशवाहाको बिहीबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार