रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक अवरुद्ध

20.1k Shares

काठमाडौं । मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पूर्ण रुपमा प्रभावित भएको छ । 

अविरल वर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक बन्द भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ८ बजेबाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

सम्बन्धित समाचार