काठमाडौं । देशको सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी पछिल्लो समयमा कमिसन असुलीमा व्यस्त भएको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु कमाउने धन्दामा लाग्दा सिमा क्षेत्रबाट भन्सार छलीका सामानहरु अत्याधिक मात्रामा भित्रनुका साथै साना हात हतियारको विगविगी बढेको छ ।
सशस्त्र प्रहरीका डिआईजी र शसस्त्र प्रहरी उपरिक्षकको नाममा सशस्त्र प्रहरी नायव उपरिक्षकको निर्देशनमा जिल्लाका विभिन्न वेस क्याम्प तथा विओपीहरुका शसस्त्र प्रहरी कर्माचारीहरु कमिसन धन्दामा लाग्दा सिमा सुरक्षामा तस्करी तथा साना हातहतियारको विगविगी बढेको हो ।
सर्लाहीको सशस्त्र प्रहरी बल नम्बर १० हे.क्वा गणका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापाले जिल्लामा शसस्त्र प्रहरी उपरीक्षक नभएको मौका छोपि मातहतका सुरक्षा वेश तथा विओपी पतिहरुसँग चर्काे कमिसन माग गरेका एक शसस्त्र प्रहरी अधिकारीले बताए । पर्सा दरबन्दी भई शसस्त्र प्रहरी वल नम्बर १० हे.क्वा गणमा कार्यरत रहेका शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले शसस्त्र प्रहरी उपरीक्षक भरत खनिया बिदामा बसेको मौकाछोपि आफैँ घुमुवाको रुपमा फिल्डमा खटेर कमिसन असुल्ने गरेका सशस्त्र प्रहरी स्रोतले जनाएको छ । उनमा अनुसार मातहतका विओपि तथा वेश क्याम्पका प्रमुखहरुलाई शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले कमिसन नबुझाउदा अनावश्यक तनाव दिने गरेका छन् ।
जिल्लाको ५१ किलोमिटर खुल्ला सिमानाबाट भित्रिएको भन्सार छलीका सामानहरु जिल्लाको बयलबास, लालबन्दी, हरिवन, हरिपुर र बरहथवा लगायतका क्षेत्रमा पुग्ने गरेको र उनिहरुसँग पनि शसस्त्र प्रहरी वल सुरक्षा वेश क्याम्पमा रहँदा पनि थापाले चर्काे रकम असुल्ने गरेका थिए ।
सो समयमा शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले भन्सार छलीका सामानहरु बरामद् गरि भन्सार बुझाउनुको सट्टा आफ्नो घर तथा आफ्न्तको घरमा सम्म पुर्याउने गरेका थिए । रुन्चे स्वाभावका शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले कपडा, सुर्ती, खैनी, गुटका, चिनी, खाने तेल तथा मलखाद्यका साथै हार्डवेयर र विभिन्न मोटर पार्टसहरु भन्सार छली नेपाली बजारमा ल्याउने तस्करहरसँग समेत कमिसन असुल्न बाँकी नराखेका बताए ।
भन्सार छलीका सामानहरु ल्याउने तस्करहरुसंग सशस्त्र प्रहरीले महिनावारी असुल्ने गरेको कमिसन असुलेपछि सामानहरु फिर्ता गर्ने तथा कम सामान मात्र भन्सार बुझाउने गरेको पाइएको छ ।
उनको मिलेमतोमा जिल्लामा भन्सार छलीका कपडा, चिनी, आलु, प्याज, जिरामरीच, लसुन, पटका लगायतका सामाग्रीहरु दिन दहाडै भित्रिने गरेका छन् भने सशस्त्र प्रहरी नायव उपरीक्षक थापाका कारण नयाँ जोस र जाँगर लिएर सशस्त्र प्रहरी वल नम्बर १० हे.क्वा गण कविलासी, सर्लाही आएका गणपति सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाँ पनि बद्नाम हुने निश्चित छ ।
सशस्त्र प्रहरीको सेटिङमा यसरी ठूलो तस्करी भई रहेको विषयमा सशस्त्र प्रहरी २ नम्बर बाहिनीका बाहिनीपति गणेश बहादुर ठाडा मगरलाई पनि जानकारी नभएको होइन । तर उहाँको ध्यान पनि सो क्षेत्रमा पुग्न नसकेको स्थानियको आरोप छ । साथै सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले लाईन मिलाउने तस्करहरुमा बिजय, उमेश, पुकार, जयकिशोर, विजय, रविन, जयकिशन, सरिता, संजीव, सन्तोष, गुलाम, मुकेश र हुसेनीलगायतका सँग सशस्त्र प्रहरी उपरिक्षक नभएको बेलामा कमिसन उठाउनु उनी सशस्त्र प्रहरी नायव उपरीक्षक थापा जिल्लाका मातहतका युनिट अहिले उनी धाउन र रकम उठाउनु उनी व्यक्त रहेका छन् ।
उनिहरु कपडा, खैनी पान मसला, मोवाइलको मुख्य कारोवारी हुन भने अरूले नुनदेखि सुनसम्मको तस्करी गर्ने गर्दछन् । सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक थापाले लाईन खाएपछि कारोवार गर्न सहज भएको तर सिमानामा रहेका केही विओपी पति र वेशमा रहेका केही वेशपतिहरुले कमिसन लिन नमान्दा आफुहरुलाई काम गर्न समस्या भएको तस्करहरुले नै बताएका छन् ।
तस्करी चलाएर नै तस्करबाट उठाएको रकम माथिल्लो दर्जासम्म बुझाउनु पर्ने भएको कारण यहाँबाट ठूलो तस्करी चल्ने गर्दछ सोही अनुसार डिआइजीहरुले आफ्ना विश्वास पात्रहरुलाई र बढी कमिसन दिनेहरुलाई सिमानाकामा पठाउने गरेका समेत स्रोतको दाबी छ ।