ललितपुरमा कांग्रेस पहिलो

17.1k Shares

ललितपुर । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस पहिलो भएको छ । ललितपुरको छ स्थानीय तह मध्ये सबैभन्दा ठुलो ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जनले दोस्रो कार्यकालका लागि भारी मतले मेयरमा विजयी भएका छन् भने उपत्यकाकै ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकामा पनि मेयरमा गजेन्द्र महर्जनले दोस्रो कार्यकालका लागि भारी मतान्तरले विजयी भएका छन् । त्यस्तै गोदावरी नगरपालिकाको उपमेयरमा मुना अधिकारीले पनि दोस्रो कार्यकालका लागि भारी मतान्तरले विजयी भएकी छिन् । 

त्यस्तै, वाग्मती गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वीर बहादुर लोप्चन र महाङ्काल गाउँपालिकामा गणेश बहादुर केसी निर्वाचित भएका छन् ।

ललितपुर जिल्लाका छवटा पालिका अन्तर्गत ७१ वटा वडा रहेका छन् । जसमध्ये सबैभन्दा बढी ३८ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरी पहिलो पार्टी बनेको हो । 

त्यस्तै नेकपा एमालेले २० वडा जितेको छ । माओवादी केन्द्रले ९ वटा, एकीकृत समाजवादीले दुई वटा, र स्वतन्त्रबाट २ वटा वडामा जित हासिल गरेको छ ।


सम्बन्धित समाचार