दैलेखमा करेन्ट लागेर एक जनाको ज्यान गयो

8.2k Shares

सुर्खेत – दैलेखमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिएका छन् ।

उनका अनुसार आइतबार बेलुका ५ः५० बजेतिर उक्त घटना घटेको हो ।  ‘उहाँ घाँस काट्न भनेर रुखमा चढ्नु भएको रहेछ,’ उनले भने, ‘विद्युत् तारले पनि रुख छोएको रहेछ । पानी परेकाले करेन्ट लाग्न पुग्यो ।’

विद्युत् प्राधिकरणको चरम लापरबाहीकै कारण युवकको ज्यान गएको भन्दै परिवारले क्षतिपूर्तिको माग गरिरहेका छन् । प्रहरी टोली त्यहाँ पुगेर अहिले समन्वय गरिरहेको सूचना अधिकारी सुनारले बताएका छन् । 

सम्बन्धित समाचार