श्री कृष्ण मा.बि.का पूर्व विद्यार्थीहरुले बनाए १५ लाख रुपैया“को अक्षयकोष

16.9k Shares

ललितपुर । श्री कृष्ण मा.बि.का पूर्व विद्यार्थीहरुको ९ औ पुनरमिलन कार्यक्रम गोदावरी नपा स्थित विशंखुनारायण रिफ्रेस पार्कमा यही फागुन २१ गते सम्पन्न भएको छ । पूर्व विद्यार्थीहरुले यस स्कूलमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक अनुसारको विभिन्न किसिमको सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेका छन् । 

यस स्कूलका व्यवस्थापन समितिका पूर्व अध्यक्ष, अक्षयकोषका अध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथी यस विद्यालयमा पूर्व प्राध्यापक बिजय बानिया हुनहुन्थ्यो भने सल्लाहकार समितिमा नेपालका सरकारका सहसचिव राजेन्द्र केसी, नेपाली सेनाका पूर्व फुल कर्णेल उदय कार्की, शसस्त्र प्रहरी बलका पूर्व एसएसपी राजु महर्जन र मोलिस कलेजका प्रिन्सीपल अरुण के.सी. हुनुहुन्थ्यो ।  अक्षय कोषमा ५००० भन्दा माथिका दाताहरुलाई प्रमाणपत्र र एक लाख भन्दा माथिका दाताहरुलाई फ्रेम सहितको प्रमाणपत्र प्रमुख अतिथी बिजय बानिया सरले प्रदान गर्नु भएको थियो । 

अक्षयकोषमा हालसम्म करीव १५ लाख रुपैयाँ दाताहरुबाट उठेको र आगामी दिनमा अक्षयकोषमा ५० लाख उठाउने लक्ष्य लिई ठोस कार्यक्रमहरु संचालन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी कार्यक्रमका संयोजक एवम् अक्षय कोषका सचिव दिलिप डंगोलले दिनुभएको थियो ।  


सम्बन्धित समाचार