डोटी भूकम्पका सबै मृतकको सनाखत, धक्का आइरहेकाले अझै जोखिम

19.3k Shares

काठमाडौं, २३ कात्तिक डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई बुधबार बिहान बजेर १२ मिनेटमा . म्याग्निच्युडको भूकम्प जाँदा पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर गैरागाउँमा केही घर भत्किँदा जनाको च्यापिएर मृत्यु भएको भने जना घाइते भएका छन्

भूकम्पमा परेका मृतकमा डोटी पूर्वीचौकी गाउँपालिका गैरागाउँका प्रेम बोहरा, भगवती बोहरासीता बोहराहर्क बोहराधन्सरी बोहरातुलछी बोहराको सनाखत भएको घाइतेहरुलाई उपचारार्थ अस्पताल लगिएको डोटीका डीएसपी भोला भट्टले बताए

धनगढीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै निवर्तमान प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले भूकम्पका कारण ग्रामीण भेगमा माटोले बनेका दर्जनौं पुराना घरहरू भत्किएको बताए उनले भने, अरु गाउँको धनजनको क्षतिको सबै सूचना आइसकेको छैन यहाँका धेरै घर चिराचिरा परेका छन् आआफ्ना घर छाडेर मानिसहरु सडकमा निस्केका छन् भूकम्पको धक्का थपिए जनता अझै जोखिममा छन्

सम्बन्धित समाचार