ढुंगेअड्डामा तीनवटा बम डिस्पोज, सडक खुल्यो

17.7k Shares

काठमाडौं, ६ फागुन  । काठमाडौंको ढुंगेअड्डामा तीनवटा कुकर बम फेला परेको छ । शुक्रबार बिहानै तीनवटा कुकर बम फेला परेको हो । 

कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।

सम्बन्धित समाचार