काठमाडौं । ओमान भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरअघि खेल्ने चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका खेलहरु नेपालमा हिमालय एचडी टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
नेपाल, आयरल्यान्ड, ओमन र युनाइटेड अरब इमिरेट्स (यूएई) आज शुक्रबारबाट खेल्ने चारदेशीय शृंखलाको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको थियो । एडप्याडले ग्लोबल अधिकार आईटीडब्लु नामक कम्पनीसँग नेपालको लागी प्रसारण अधिकार खरिद गरेको हो । सो प्रतियोगितामा चारै टिमले एक अर्कासँग एक एक खेल्ने खेल्नेछन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालमा हिमालय एचडी टेलिभिजन, युट्युवमा ओएसआर स्पोर्टस र दराज एप मार्फत हुनेछ । सो प्रतियोगीताको नेपाल प्रसारणमा प्रमुख प्रायोजन शंकर ग्रुपअन्र्तगतको ‘टिभिएस अपाचे’ले गरेको छ ।