7.3k
Shares
ललितपुर, २५ असार । ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-१ घर भएकी मन्जु मोक्तानको कोठाबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।