गैडा मरेकोमा निर्माण व्यवसायीको संलग्नता नभएको ठहर

15.8k Shares

काठमाडौं । नेपालको निर्माण विकासमा अहोरात्र खटिने निर्माण व्यसवायीहरु बेलाबेलामा चर्चामा आईरहेका छन् । कहिले निर्माण कार्य राम्रो नगरेको भनेर तानिएका छन् भने कहिले निर्माण कार्य सम्पन्न भई सक्दा पनि अरबौ रकम सम्बन्धित कार्यालयले नदिएको भनेर सरकारसँग गुहार मागि रहेका कारण चर्चामा आईरहेका हुन् । 

तर यस पटक भने सडक डिभिजन कार्यालय भतरपुर चितवन अन्तर्गत भईरहेको (Upgrading and Improvement of Gondrang-Pulchowk Section of East west Highway) निर्माण कार्य इन्डो–सगुन जे.भी.कम्पनीले गरिरहेको स्थानमा बन्यजन्तु गैडा, भालु बाघ हात्ति लगायतको प्राकृतिक रुपमा आवतजावत भईरहने स्थलमा बिश्वमा दुलर्भ एकसिंगे गैडाको निधन भएको छ । निर्माण व्यवसायीले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि काम नगरेको र निर्माण सम्झौता बमोजिम निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पुर्ण सुरक्षाका मापदण्ड, उपयाहरु सूचना र जानकारी समेतको प्रबन्ध नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको स्थानमा एकसिंगे गैडाको निधनले तरङ ल्याईदिएको छ । 

सो सन्र्दभमा निर्माण व्यवसायी निर्माण कम्पनी इन्डो—सगुन जे.भी.का प्रतिनिधि श्री सहदेव खड्कालाई अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने र आरोपित बनाई गैर कानूनी रुपमा सम्बन्धित निकायबाट कारवाही अगाडी बढाईरहेको प्रति काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अपति जनाएको छ  । निर्माण क्षेत्रमा गैडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून बिवपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिएकोमा अपति जनाएको हो । निर्माण व्यवसायीलाई पक्राउ गरेकोमा भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरुको मनोवल गिराउने र निर्माण कार्यलाई अगाडी बढाउन हतोत्साहित गर्ने काम भएको संघले जनाएको छ ।

निर्माण स्थलमा कङक्रिटको नाली बनाई सकेपछि पूर्ण रुपमा सेट हुनका लागि प्राविधिक रुपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेको हुँदा नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साईट सुरक्षाका मापदण्डमा रहेर निर्माण कार्य गरिरहेको अवस्थामा, प्राकृतिक रुपमा घटना भएको तथ्य जगजाहेर हुँदा हुँदै निर्माण व्यवसायीलाई, नियोजित रुपमा सो घटनाको आरोपित बनाई झुठा लान्छना लगाई अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने कार्य तथ्य हिन भएको हुँदा सो कार्य तत्काल रोक्न काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले विज्ञप्ती मार्फत नेपाल सरकार सँग जोडदार माग गरेको जनाएका छन्  । 


सम्बन्धित समाचार