काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापाको पक्राउको चर्चासँगै कांग्रेले आज पदाधिकारी बैठक बोलाएको छ ।
सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी गराएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको खतिवडाले जानकारी गराएका हुन् । ।
‘सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने, ‘सरकारको विवादित कदमबारे हिजो ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ ।’
यता, कांग्रेसकै सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले चलाइरहेको हल्ला र भ्रमबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’