परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

848 Shares

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा विचारविमर्श भएको बताइएको छ।

सम्बन्धित समाचार