सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

413 Shares

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी तोलाको ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार