काठमाडौं, ५ फागुन । विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुष तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३-५६ ले पराजित गर्यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो । आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
पहिलो क्वाटरमा २५-१३ ले अघि बढेको कीर्तिपुर दोस्राेमा ९-२० ले पछि रहँदा खेल ३३-३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेस्राेमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर गर्याे ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३-२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे ।
ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो ।