17.7k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोभिड १९ का संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।