मासुको तुलनामा ग्यासको मूल्य सस्तो रहेको दाबी

790 Shares

काठमाण्डौ – नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले निगमले प्रतिसिलिण्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यास बिक्री गरिरहेको जानकारी दिनुभयो ।

साहले बजारमा एक किलो मासुको मूल्य १७ देखि १८ सय रुपैयाँ पर्ने र त्यो एक छाकमै सकिने भए पनि करिब २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्ने बताउनुभयो । त्यसैले ग्यासको मूल्यलाई अन्य वस्तुसँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा ग्यास उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने भएकाले मूल्यभन्दा आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन निगमले अधिकतम प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार