आज संक्रमणबाट थप १६ जनाको मृत्यु

17.4k Shares

काठमाडौँ, ८ माघ । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै,  आज नेपालमा कोरोनाका १० हजार २५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको  मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २० हजार २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार १ सय ८७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार