ललितपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

19.2k Shares

काठमाडौं, १९ भदौ । कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा शुक्रबार २ जनाको मृत्यु भएको छ ।
बारा घर भई ललितपुरमा उपचार गराइरहेका ५५ वर्षका कोरोना संक्रमित पुरुषको शुक्रबार विहान पौने ८ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
उनी भदौ १५ गते उपचारका लागि भर्ना भएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै कोरोना संक्रमणकै कारण काठमाडौंका ४१ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।
साउन ३२ देखि उपचार गराइरहेका उनको शुक्रबार विहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय लतिपुरले जानकारी दिएको छ ।
 

सम्बन्धित समाचार