कुनै पनि प्रकारको छानबिनका लागि तयार छु : प्रचण्ड

645 Shares

काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्नुभएको हो ।

आफूमाथि हुने सबै छानविका लागि आफू तयार रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गर्नुभयो । वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताउनुभयो ।

यसैबीच नेकपाले विद्यार्थी सङ्गठनहरूलाई विद्यालय वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारले आफ्ना एक सय बुँदे कार्यसूचीमा विद्यार्थी सङ्गठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो ।  

सम्बन्धित समाचार