काठमाण्डाै–६ मा रास्वपाका शिशिर खनाल विजयी

6.1k Shares

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएकाे छ ।

निर्वाचन अधिकृत चपला पाेखरेलका अनुसार खनाल २१ हजार ७२ मतान्तरले विजयी हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७, नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याउनुभएकाे छ ।

निर्वाचित खनाल पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै काठमाण्डाै क्षेत्र नम्बर ६ का निर्वाचित प्रतिनिधिसमेत हुनुहुन्थ्यो । उहाँले टेक फर नेपालमार्फत सात वर्ष सरकारी विद्यालयको गुणस्तर सुधार र अभियानमा नेतृत्व गर्नुभएको थियो ।

सम्बन्धित समाचार