नेपाली डिजिटल प्लेटफर्म ‘निपोः एप’

4.2k Shares

काठमाडौँ । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक भएको छ। डिजिटल विज्ञका अनुसार नेपाली एप्लिकेसन मध्ये यो एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ।

नेपाः एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ। साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम तुरुन्तै प्राप्त गर्न सकिन्छ।

यो एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ। मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स समावेश गरिएको छ । जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ।

डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपाः एप एक प्रभावकारी समाधानका रूपमा आएको छ।  

सम्बन्धित समाचार