विशेष महाधिवेशनमा उपस्थित हुन ललितपुर कांग्रेसका सभापति श्रेष्ठले गरे अनुरोध

5.6k Shares

काठमाडौं । नेपाली कांग्रेस ललितपुरले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन सभापति जितेन्द्र कुमार श्रेष्ठले अनुरोध गरेका छन् ।
जिल्ला सभापति श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई २७–२८ पुसका लागि तय भएको विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका हुन् ।
ललितपुर कांग्रेसले विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोहका लागि २७ पुसको बिहान ११ बजे कुपण्डोलको हनुमानस्थानमा भेला भएर बाजागाजा, झाँकीसहितको ¥याली भृकुटीमण्डपतर्फ जाने कार्यक्रम तय गरेको छ ।
सभापति श्रेष्ठले उक्त झाँकीसहितको ¥यालीमा सहभागी हुन कांग्रेसको सम्पूर्ण तहका नेता–कार्यकर्ताहरूलाई भनेको छ ।

सम्बन्धित समाचार