श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

5.5k Shares

गोरखा– आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार