जुम्लामा बाढीले बगाएर महिला बेपत्ता

19.1k Shares

जुम्ला, ४ साउन । जुम्लाको पातारासी गाउँपालिकामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ वर्षीया पन्नीकली बुढालाई बाढीले बगाएर बेपत्ता पारेको प्रहरी चौकी पातारासी डिल्लीचौरले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक बुद्धि साउदका अनुसार घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भारी वर्षापछिको बाढीले बगाएर बेपत्ता भएकी हुन्। बाढीले त्यस क्षेत्रका ५/६ वटा घट्ट पनि बगाएका छन्।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार