काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक भएको छ ।
हलमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा यो फिल्मप्रति थप आकर्षण गर्न नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरिएको निर्माण पक्षले तर्क गरेको छ ।
यो गीतको शब्द गणेश कार्कीको हो भने स्वर गायक तथा सङ्गीतकार हेमान्त रानाले दिएका हुन् ।
यो फिल्मको कथा निर्देशक घिमिरे आफैँको हो । पटकथा भने गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखका हुन् । नागराज इन्टरटेन्मेटको ब्यानरमा यो फिल्म बनेको हो ।
गीतको लिंक :





