१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

6.7k Shares

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका छन् ।

बिहीबार सार्वजनिक एघारौँ महाधिवेशनको परिणामअनुसार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ १७२१ मतसहित विजयी भएका हुन् ।

अध्यक्षमा विजयी केपी शर्मा ओली समूहले उनको नाम खुला केन्द्रीय सदस्यमा समावेश गरेको थियो । बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय थिए ।

सुरुमा उनको नाम ओली समूहले केन्द्रीय सदस्यमा समावेश गरे पनि इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतसँगको विवादका कारण हटाइएको थियो।

अन्य अग्रज नेता हुँदा हुँदै केन्द्रीय सदस्यमा सुहाङको नाम राखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।

त्यसपछि  क्षेत्र नम्बर १ का पूर्व सांसद बस्नेत र दुईका पूर्व सांसद नेम्बाङ दुवैको नाम ओलीको प्यानलमा केन्द्रीय कमिटीमा थिएन  । 

तर चर्को आलोचना भएपछि ओलीले उनको नाम आफ्नो प्यानलमा समावेश गरेका थिए ।

सम्बन्धित समाचार