बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

6k Shares

बागलुङ (गलकोट)। बागलुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म हुने प्रतियोगितामा १४८ पदककोलागि ८०० भन्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले जानकारी दिनुभयो । 

प्रतियोगितामा ६६ इभेन्ट हुने बताइएको छ । अध्यक्ष कँडेलले प्रतियोगिताको तयारी सम्पुर्ण  पूरा गरि शुरूवात गरिएको बताउनुभयो ।

प्रतियोगितामा छात्ररछात्रा भलिबल, कबड्डी, कराँते, तेक्वान्डो, उसु र एथलेटिक्स तर्फका खेलहरु सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो दिन उत्कृष्ट र अनुशासित मार्चपास गर्ने टिमलाई नगद १८ हजार रुपियाँ, ट्रफि र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने बताइएको छ ।

जिल्लाका १० स्थानीय तह मध्ये तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिका सहभागि नजनाउने बताइएको छ । दुई पालिकाले  आर्थिक अभावका कारण पालिकामा  रास्ट्रपति रनिङ शिल्ड गर्न नसकेको, खेलकुदका विभिन्न गतिबिधि  आफ्नो  पालिकामा गर्ने गरेको कारण देखाउँदै सहभागि नजनाएको अध्यक्ष कँडेलले बताउनुभएको थियोे ।

सम्बन्धित समाचार