धाेबीखाेलामा ७ तले घरमा चल्याे डाेजर

442 Shares

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोबीखोला देवीनगरकाे सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आज याे घरमा डोजर लगाएको हो ।

महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोबीखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाउन शुरू गरेको थियो । त्यही क्रममा देवीनगरमा रहेका सात तले पक्की घरमा डोजर लगाएको हो ।

यसअघि महानगरले शङ्खमूलमा रहेकाे नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो । महानगरले यसअघि नै सार्वजनिक सूचना निकालेर अनधिकृत संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो ।

सम्बन्धित समाचार