अर्जेन्टिनी स्टार लियोनल मेस्सी फुटबल क्लब बार्सिलोनामै रहने संकेत मेस्सीका पिता तथा एजेन्ट जोर्ज मेस्सीले दिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मेस्सीका पिताले बार्सासँगको छलफल सकरात्मक भएको बताएका छन् ।
जोर्जले छलफल सकरात्मक भएको बताएसँगै यसले मेस्सी बार्सामै रहने संकेत गरेको फुटबल विश्लेषकहरु बताउँछन् ।
मेस्सी बार्सामा नयाँ सिजन अवधिभर बस्ने सम्भावना छ कि छैन भन्ने प्रश्नमा मेस्सीका पिता तथा एजेन्ट जोर्जले मेस्सी बार्सामै रहने सम्भावना रहेको उत्तर दिएका थिए ।
खबरहरुका अनुसार मेस्सीले अब अझै एक सिजन बार्सामै रहेर खेल्नेछन्। बुधबार मात्र मेस्सीका पिता जोर्ज मेस्सीको भविष्यबारे छलफल गर्न क्याटालोनिया आएका थिए । सन् २०२१ को समरसम्म मेस्सी र बार्साबीचको सम्झौता छ। मेस्सीले सम्झौता पुरा भएपछि बार्सा छाड्ने अनुमान गरिएको छ ।
गतहप्ता मेस्सीले बार्सा छाड्ने घोषणा गरेपछि फुटबल क्लब बार्सिलोना निकै तनाबमा थियो। तर अझैपनि मेस्सी बार्सामै रहने या नरहने टुंगो नलागेको विश्लेषकहरु बताउँछन् । गोलडटकम