दाङको लमहीमा बस पल्टिंदा २२ जना घाइते

5.4k Shares

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिकामा बस पल्टिंदा २२ जना घाइते भएका छन् ।

डडेल्धुराबाट काठमाण्डौका लागि छुटेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे पट्टा भाँच्चिएर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था सामान्य छ । सबैको लमही अस्पतालमा उपचार भैरहेको छ । 

सम्बन्धित समाचार