त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

6.4k Shares

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा कार्यान्वयन गर्ने बताउनुभएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उहाँले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताउनुभयो ।

त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको भन्दै मन्त्री पुनले अझै गहन छानबिन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । समितिको सिफारिशलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार