बुबाको हत्या आरोपमा छोरी पक्राउ

8k Shares

दैलेख– दैलेखको नौमुले गाउँपालिका ५ गजमालीमा ६५ वर्षीय धन बहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा २७ वर्षीया छोरी तिर्सना रामजाली मगर पक्राउ परेकी छन्।

सोमबार तिर्सनाले काठको चिरपट प्रहार गर्दा धन बहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ।

छोरीको कुपिटबाट गम्भीर घाइते भएको खबरपछि गएको प्रहरीले सोमबार नै तिर्सनालाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार