यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

17.8k Shares

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३१ रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ९० पैसा र बिक्री दर १४३ रूपैयाँ ५५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ २९ पैसा र बिक्री दर १६५ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

सम्बन्धित समाचार