प्रतिष्पर्धा र तुलनाभन्दा माथि उठ्नु पर्दछ

14.3k Shares

-श्वामी सत्यव्रत

आजसम्म यस धर्तीमा परम्परित रुपमा जति पनि ग्रन्थहरु लेखिएका छन्, चाहे ती ग्रन्थहरु कुनै पनि क्षेत्रको बारेमा किन नलेखिएका हुन्, तिनीहरुमा लेखिएका विषय बस्तुहरु सबै लाटा छन्, मौन छन्, अझ भनौं ध्यानस्थ छन् । समय परिवर्तनशील छ, समय अनुसार आपूmलाई रुपान्तरण गर्दै लैजानु नै सच्चा मानव जीवन हो । यदी कुनै पनि व्यक्तिले समय अनुसार आपूmलाई रुपान्तरण गर्न मान्दैन र समयलाई नै आपूm अनुकूल चलाउँछु भन्छ भने उसले ठूलो दुर्घटनालाई निम्त्याउँछ किनकि यस धर्तीमा जतिसुकै ठूला ठूला कुराहरु गरे पनि विज्ञानले वा भनौ भौतिक उपलव्धीले निकट भविष्यमा के हुन गइरहेको छ, त्यो हुनेलाई बताइदिन सकेको पाइन्छ तर हुनेलाई टार्न सक्ने उपाय भने कहीँ कतै पनि अहिलेसम्म सम्भब भएको पाइएको छैन । समय अति नै बलवान हुन्छ, त्यसलाई आत्मासात गर्नु नै समयको मागलाई सही तरिकाले बुभ्mनु हो । आध्यात्मिक गुरुहरुले वा बैज्ञानिकहरुले आज पानी पर्छ भनेर बताइ दिन सक्छन् तर त्यो पानीलाई पर्नबाट रोक्न सक्दैनन् । जन्मलाई बैज्ञानिक र आध्यात्मिक उपलव्धीहरुले रोक्न सक्छन् तर जन्मेकोलाई मर्नबाट कसैले पनि रोक्न सक्दैनन् । अत: अहिलेको यो अति नै विकासको चरमोत्कर्षमा पुगेको विश्वलाई हाँक्ने सारथीहरु भनेका को हुन् त ? 

जति सुकै ज्ञान र अनुभव आर्जन गरेर कुनै पनि क्षेत्रको वेत्ता भए पनि राज्यलाई सञ्चालन गर्ने भनेका राजनेता नै रहेछन्, त्यसैले त्यस्तो जिम्मेवारीपूर्ण पदमा त्यस्तै कुनै पनि क्षेत्रको अनुभव प्राप्त वेत्ता भइदिएदेखि राम्रो हुने थियो । पुस्तकमा रहेका ज्ञानलाई घोकेर आउँदो गराएर अरु सामु राख्दा ठूलै सम्मान पाएका कैयौं उदाहरणहरु हाम्रो सामु जिवन्त नै छन् । ती व्यक्तिहरु जसले अरुलाई शिक्षा दिइ रहेका छन्, उनीहरु आपैmमा सन्तुष्ट हुँदैनन्, जबसम्म तदानुरुप आचरण गर्दैनन् र ९९ प्रतिशतले तदानुरुप आचरण गर्दैनन् पनि । हाम्रो समाजमा अराजकता पैmलिनु र समाजमा विकृति आउँनुमा यस्तै उपदेशकको हात छ भने देशलाई विगार्नुमा देशलाई हाँक्ने सारथीहरु जसलाई हामीहरुले नेता भन्छौं, उनीहरुको हात छ । किनकि हामीहरुले जे सिक्छौ नि त्यो भनेको अभ्यास ज्ञान हो र त्यस अभ्यास ज्ञानलाई जब व्यवहारिक रुपमा उतार्छौ त्यसलाई विवेक ज्ञान भनिन्छ । अभ्यासबाट प्राप्त गरेको ज्ञान भौतिक ज्ञान हो भने त्यस भौतिक ज्ञानलाई जब विवेक ज्ञानमा रुपान्तरण गर्दछौं, त्यो ज्ञान भनेको आध्यात्मिक ज्ञान हो । भौतिक जगतमा प्रतिष्पर्धा र तुलना रहन्छ भने आध्यात्मिक जगत्मा परोपकार । त्यसैले हामीहरुले जे देख्दछौ र जान्दछौ, त्यसलाई व्यावहारमा उतार्नु पर्दछ र त्यही कर्म अरुको लागि पनि गर्नु पर्दछ, जुन कर्म आप्mनो लागि राम्रो लाग्छ । जुन कार्य आफ्नाे लागि उपयुक्त छैन, त्यो अरुको लागि पनि उपयुक्त हँुदैन भनेर आत्मसात गर्नु नै सबैभन्दा ठूलो ईमान्दारीता हो र धर्म हो । 

शरीर माध्याम् खलु धर्म साधनम्,
प्रणायाम परम् तप :
योग ध्यानम् महा यज्ञम्
समाधीम् मोक्ष स्थितिम् ।

यस बारेमा त्यस्तै वेत्ताहरुले अलिकति आप्mनो समयलाई यस क्षेत्रको लागि  लगाइ दिएर सही मार्ग दर्शन गरिदिने हो कि ? अब मैले जुन इशारा गरेको छु, त्यस्ता व्यक्तिहरु अहिले यहाँहरु जस्तै पाठक वर्षहरुले नै चयन गर्ने हो र  त्यो पनि आपैmभित्रको भीडबाट । त्यसैले मैले प्रस्तुत गरेका कुनै पनि प्रस्तुतिभित्र अलिकति गहिरिएर गएर यसमा हातेमालो गर्नु पर्ने समयको माग पनि हो । आध्यात्मिक ज्ञान बीना मानिसले मानिसको मूल्य र मान्यतालाई बुभ्mन सक्दैन, त्यसैले शासन सत्तामा बस्नेहरुले पनि आप्mनो बारेमा जान्नु नितान्त आवश्यक छ । त्यसको लागि आध्यात्मिक समभ्m भएको व्यक्ति पनि शासन सत्ताको नीति निर्माण गर्ने ठाउँमा रहने हो भने पक्कै पनि त्यसबाट पृथ्वीको लागि यस धर्तीको सुन्दरतालाई बचाइ राख्नको लगि विशेष योगदान पुग्ने थियो भन्ने मेरो आत्माको आवाज हो, जुन मैले यहाँहरुको सामु रोपिदिएको छु । संबाहकहरु लाटा भएमा राष्ट्रमा विकासको सम्भबना रहँदैन ।  

सम्बन्धित समाचार