जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

5.6k Shares

उदयपुर– ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका-१ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञान बहादुर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार