चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा

6.7k Shares

काठमाण्डौ – चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि फेरि सञ्चालनमा आउँदैछ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि केही दिनका लागि बन्द भएको थियो । केबलकार सेवा पुनः शुरु भएपछि पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनलाई सहज हुने छ ।

गएको भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सुरु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ढकालले सेवा पुनः शुरु भएपछि काठमाण्डौ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्नु भएको छ । सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक झन्डै दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा लिँदै आएका थिए । 

सम्बन्धित समाचार