काठमाण्डाै – हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव २४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १३ वटा कम्पनीको शेयर घटेकोमा ३४ वटाको बढेको छ । यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माबिलुङ इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ३ लाख कित्ता शेयर ५ अर्ब १५ करोड रुपैयाँमा किनबेच भएको छ ।